सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका २४ सहित थप ४४ जनामा कोरोना पुस्टि

२०७८ वैशाख ९, ०३:४१ खबर संवाददाता

धनगढी: सुदूरपश्चिममा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १६२ नमूना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, टिकापुरका ३ जना, गोदावरीका ५ जना, गौरीगंगा नगरपालिकाका ३ जना, कैलालीको लम्कीचुहा नगरपालिकाका १ जना, जोशीपुरका २ जनामा कोरोना संक्रमण संक्रमण पुस्टि भएको हो।

यस्तै कैलालीको  भजनीका  २ जना, कञ्चनपुरको बेदकोट नगरपालिकाका १ जना र कञ्चनपुरकै कृष्णपुरका ३ जनामा कोरोना  संक्रमण  कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। 

हाल अस्पतालमा ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस