सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बेवारिसे अचेत महिलाको उद्धार

२०७८ वैशाख ९, ०१:०२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक बेवारिसे अचेत अवस्थामा रहेकी एक महिलाको उद्धार गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित वडा कार्यालय नजिकै करिब ५५ वर्षीया बेवारिसे अवस्थामा रहेकी महिलाको उद्धार गरिएको हो।

विहिबार विहानदेखि अचेत अवस्थामा रहेकी उनलाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले उद्धार गरेको हो। उनलाई उपचारकाे लागि सेती प्रादेशिक अस्पताल पुयाइएको छ। तर उनको पहिचान भने खुल्न सकेको छैन।
 

कमेन्ट लोड गर्नुस