सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा झण्डै दुई लाख मूल्य बराबरको अवैध सामान बरामद

२०७८ वैशाख ९, ११:४७ खबर संवाददाता

धनगढी: कैलालीमा झण्डै दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ। 

ल्लाको टीकापुर नगरपालिका ७ कालाकुण्डा सीमाबाट १ लाख ५६ हजार ५ सय मूल्यको अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहत बीओपी कालाकुण्डाबाट खटिएको गस्ती टोलीले अवैध लत्ताकपडा र उक्त सामान ल्याउन प्रयोग गरिएको मोटरसाइकल बरामद गरिरएको सशस्त्र प्रहरीले जनाएको छ। 

बरामद गरिएको सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय खक्रौला बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वाटर कैलालीले बताएको छ। 

कमेन्ट लोड गर्नुस