सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको महाराष्ट्रमा मे १ सम्म लकडाउनको घोषणा

२०७८ वैशाख ९, ०८:१७ खबर संवाददाता

नयाँ दिल्ली: भारतको महाराष्ट्रमा लकडाउनको घोषणा गरिएको छ। महाराष्ट्र सरकारले कोरोनाको जोखिम बढ्दै गएपछि मे १ सम्मका लागि लकडाउनको घोषणा गरेको हो।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आजराति ८ बजेदेखि लागू हुने गरी मे १ तारिखसम्मका लागि लकडाउनको घोषणा गरेका हुन्। उनले लकडाउनको बेला सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारीलाई मात्रै उपस्थित भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।  

यस्तै लकडाउनको समयमा वैवाहिक समारोह २ घन्टामा सम्पन्न गर्न, समारोहमा २५ जना मात्रै सहभागि हुन, सरकारी सवारीसाधनमा ५० प्रतिशत यात्रु मात्रै राख्ने पाइने भएको छ। राज्य सरकारले लगाएको लकडाउनमा नियम उल्लघंन गर्दा जरिवाना र सजाय पनि हुन सक्ने बताइएको छ। महाराष्ट्रमा कोरोनाको दर बढ्दै गर्दा अस्पताल भर्ना हुने गम्भीर प्रकृतिका बिरामीपनि बढ्दै गएका छन्।

बिरामीहरुले समयमै उपचार पाउन नसक्दा मृत्यु हुने क्रमपनि विस्तारै बढ्न थालेको छ भने अक्सिजनको अभाव पनि हुन थालेको छ।  भारतको महाराष्ट्र कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित राज्य हो। जहाँ हालसम्म ३० लाख ९६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। -बीबीसी

कमेन्ट लोड गर्नुस