सुदूर नेपाललाई विश्वसँग जोड्दै

होटलमा विष्फोट हुँदा ४ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७८ वैशाख ९, ०७:१८ खबर संवाददाता

पाकिस्तानको क्वेटा शहरमा अवस्थित एक होटलमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ। अन्य ११ जना घाइते भएका छन्।

बीबीसीका अनुसार क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विष्फोट भएको हो। उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ ।

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले एक टेलिभिजनलाई दिएको प्रतिक्रियाअनुसार विष्फोटक पदार्थले भरिएको कार पार्किङ क्षेत्रमा विष्फोट भएको थियो।

सामाजिक सन्जालमा सेयर गरिएको भिडियोहरुमा विष्फोटपछि आगोको ठूलो लप्का माथि–माथिसम्म पुगेको देखिन्छ।

विष्फोटको जिम्मा तालिवानले लिएको छ। क्वेटा शहर बलुचिस्तान प्रान्तको राजधानी हो, जुन अफगानिस्तानको सीमा नजिक छ। बलुचिस्तान क्षेत्रमा पृथकतावादी समूह लामो समयदेखि सक्रिय छ।

बलुचिस्तान क्षेत्रमा चीनले ठूलो परियोजनामा लगानी गरेको छ र त्यसको विरोध पृथकतावादी समूहले गर्दै आएको छ। 

त्यसैले यो आक्रमण पाकिस्तानका लागि चिनियाँ राजदूत लक्षित हुनसक्ने स्थानीय मिडियाका रिपोर्टरहरुले बताएका छन्। यद्यपि चिनियाँ राजदूत नोङ्ग रोङ्ग क्वेटा शहरमा रहे पनि सो होटलमा भने थिएनन्।

कमेन्ट लोड गर्नुस