सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ९, ०६:२१ रासस

मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबु चोकमा प्रदेश नम्बर ३–०१–००१ क ५३५२ नम्बरको मिनिट्रकले बा ६५ प ६७१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाही विष्णु गाउँपालिका–२ की १८ वर्षीया शिल्पा ठाकुरको मृत्यु भएको हो प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते ठाकुरको उपचारका क्रममा ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

दुर्घटनामा उदयपुर कटारिकी १८ वर्षीया क्रिस्मा विष्ट घाइते भएकी छन् ।  घाइते विष्टको ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीको भनाइ छ । फरार रहेका मिनिट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस