सुदूर नेपाललाई विश्वसँग जोड्दै

सासू–ससुरालाई स्याहार गर्ने बुहारीहरू सम्मानित

। फोटो स्रोत ।
२०७८ वैशाख ९, ०६:१२ खबर संवाददाता

सासू–ससुरालाई राम्रो स्याहार गर्ने बुहारीलाई सम्मान गरिएको छ। 

लमजुङमा वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो ।

ज्येष्ठ नागरिक समाज भोटेओडारको आठौँ साधारण सभा तथा पाँचौँ अधिवेशन एवम् ज्येष्ठ नागरिक असल सन्तति सम्मान कार्यक्रमको अवसरमा सुन्दरबजार नगरपालिका क्षेत्रका पाँच बुहारीलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुवँरले बताए। 

सम्मानित हुनेमा सुन्दरबजार नगरपालिका ८ अकलाकी गोमा परियार, सुन्दरबजार नगरपालिका ८ चुनपहाराकी देवी कुँवर, सुन्दरबजार नगरपालिका ८ घोक्रेश्वाँराकी गङ्गा कार्की , सुन्दरबजार नगरपालिका ८ बलिथुमकी टेकमाया ढकाल र सुन्दरबजार नगरपालिका ९ की दीपा खनाल रहेका छन्। उनीहरुलाई प्रमाणपत्रको साथमा दोसल्ला ओढाइ सम्मान जनाइएको छ।

कार्यक्रममा भोटेओडा क्षेत्रमा ८० देखि ८४ वर्षसम्मका १५ जना ज्येष्ठ नागरिकलाई पनि दोसल्ला ओढाइ लौरी, टर्चलाइट, फलफूल समेत वितरण गरिएको छ । 
 

कमेन्ट लोड गर्नुस