सुदूर नेपाललाई विश्वसँग जोड्दै

विषम परिस्थितिमा थप सक्रिय हुन प्रहरीलाई निर्देशन

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख ८, ०७:३३ रासस

काठमाडौँ: प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी सङ्गठनमा एउटा प्रणालीको विकास गर्न खोजिरहेको र नेपाल प्रहरीले लागू गरेको कार्ययोजनाअनुरुप प्राप्त जिम्मेवारीप्रति थप सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने बताएका छन्। 

कार्यसम्पादन सम्झौताअनुरुप फरार अभियुक्त पक्राउ, हातहतियार बरामद, राजश्व सङ्कलनमा वृद्धिलगायतका गतिविधिमा राम्रो सफलता हासिल गरेको जानकारी दिँदै उनले जघन्य अपराध, अवैध लागुऔषधजस्ता आपराधिक गतिविधि न्यूनीकरण गर्न प्रहरी कर्मचारी थप चनाखो हुनुपर्नेमा जोड दिए।

काठमाडौँमा आज आयोजित नेपाल प्रहरीको चैतको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले प्रहरी कोभिड–१९ को विषम परिस्थितिप्रति संवेदनशील हुन र नियन्त्रणका उपाय तथा मापदण्डलाई गम्भीरतापूर्वक लिई स्थानीयस्तरमा सङ्क्रमण फैलिनबाट रोक्ने कार्यमा सक्रिय हुन निर्देशनसमेत दिएका हुन्।

सो क्रममा नेपाल प्रहरीको कार्ययोजना २०७७, कार्य सम्पादन सम्झौता तथा प्रहरी हवल्दार÷प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजनाका बारेमा समेत समीक्षा गरिएको थियो। 


 

कमेन्ट लोड गर्नुस