सुदूर नेपाललाई विश्वसँग जोड्दै

परिवारका सदस्यमा न्याय पाउने आशा जाग्न सकेन

उच्चस्तरीय छानविन समितीले बुझाएको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका

२०७५ असोज २३, ०८:०६

कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण बारे उच्चस्तरीय छानविन समितीले बुझाएको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका गरिएको छ। पीडित परिवारका सदस्य र अधिकारकर्मीहरुले हत्याको अनुसन्धानमा राज्यबाटै पटक–पटक लापरबाही भएकाले उच्च स्तरीय छानविन समितीको पतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका हुन्। 
आईतवार सार्वजनिक गरिएको प्रतिवेदनमा बलात्कारपछि हत्यामा एक जनाभन्दा बढी संलग्न रहेको आशंका र प्रहरी प्रशासनले पटक–पटक लापरवाही गरेको उल्लेख गरिएको छ। जुन कुरा निर्मला पन्तका परिवारका सदस्य र न्यायका लागि भईरहेको आन्दोलनकर्ताले पनि विगतदेखि नै बताउदै आएका छन्। परिवारका सदस्य र न्यायका लागि आन्दोलनको अगुवा गरिरहेकाहरुले त उच्च स्तरीय प्रतिवेदन पनि अपराधी जोगाउने किसिमले आएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक–पटक लापरबाही गरेको निष्कर्ष निकाल्दै उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेपनि न्याय पाउने आशा जाग्न नसकेको हो। निर्मला हराएको सूचना पाएपछि पनि प्रहरी उदासीन रहेको, घटनास्थलको मुचुल्का उठाउने क्रममा गम्भीर गल्ती भएको, घटनासँग सम्बन्धित प्रमाण संकलनमा लापरबाही गरेको, घटनास्थलको पर्याप्त सुरक्षा नगरेको प्रतिवेदनको निष्कर्ष छ। यी सवै विषय निर्मलाका परिवारका सदस्य र न्यायका लागि भईरहेको आन्दोलनमा सहभागीहरुले यसअघि पनि भन्दै आएका थिए। छानविन समितीले कुनै नयाँ विषय ल्याउन नसकेकाले न्याय पाउनेमा आशावादी हुन नसकेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए। 
निर्मलाको बलात्कार र हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते गठन गरेको समितिले असोज ९ गते गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको प्रारम्भिक निष्कर्षका आधारमा गृहले कञ्चनपुरका तत्कालीन एसपी विष्ट सहित अनुसन्धानमा खटिएका अन्य ७ प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो। प्रतिवेदनका केहि बुदामा ऋुटी पनि भेटिएकाले दोषीलाई कारवाही गर्ने किसिमले प्रतिवेदन सार्वजनिक नभएको महिला अधिकारकर्मी शारदा चन्दले बताईन् । 
यता छानविन समितीले भने आफ्नो प्रतिवेदनको सुझाव अनुसार प्रहरीमाथि नै छानबिन भए निर्मला पन्तले न्याय पाउने र दोषीलाई कारवाही हुने दावी गरेको छ। समितीले निर्मला पन्त हत्या प्रकरणमा अहिलेसम्म बाहिर नआएका धेरै विषय पनि छानविन समितीले सार्वजनिक गरेको दावी गरिएको छ। उच्च स्तरीय छानविन समितीका सदस्य वीरेन्द्र केसीले दोषीलाई कारवाही हुने वताए । 
प्रतिवेदन सार्वजनिक गरेको दोश्रो दिन छानविनमा लापरबाही गरेको भन्दै थप दुई जना प्रहरी निलम्बनमा परेका छन्। उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनको सिफारिसका आधारमा प्रहरी नायव निरिक्षक हरसिंह धामी र जवान चाँदनी साउदलाई निलम्बित गरिएको हो। धामी घटनामा अनुसन्धानमा खटिएका थिए भने साउद हत्या गरिएकी निर्मलाको कपडा धुने जवान हुन्। गृहमन्त्रालयले यसअघि तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट सहित ५ जनालाई निलम्बन गरिसको छ। 

कमेन्ट लोड गर्नुस