सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मास्क नलगाउनेलाई धमाधम कारबाही गर्दै प्रहरी

आज मास्क नलगाउने ४७ जनालाई कारवाही गरियो

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख ८, ०६:४९ खबर संवाददाता

धनगढी:  धनगढीमा मास्क नलगाएर सडकमा हिड्नेलाई प्रहरीले धमाधम कारवाही गर्न थालेको छ। 

जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनपछि सडकमा मास्क नलगाई हिड्नेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनअनुसार कैलाली  प्रहररीले  मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेको हो। 

बुधबार मात्रै प्रहरीले मास्क नलगाई हिड्ने ४७ जनालाई कारवाही गरेको छ। जनही १ सय रुपैयाँको दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस