सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी धाममा बुढानिलकण्ठको मुर्ति शिलान्यास तथा विश्राम गृह उद्घाटन

२०७८ वैशाख ८, ०२:१५

धनगढी: धनगढीका निर्माण व्यवसायी छेदुलाल चौधरी र उनकी पत्नी मालती चौधरीले शिवपुरी धाम परिसरमा बुढानिलकण्ठको मुर्ति स्थापना गर्ने भएका छन्। धनगढी उपमहानगरपालिका -४ उत्तरबेहडी घर भएका उनले स्थापना गर्न लागेको मुर्तिको आज शिलान्यास गरिएको छ।

यस्तै शिवपुरी धामकी दानदाता सरीता भण्डारी र उनका छोरा किसन भण्डारीले विश्राम गृह निर्माण गरेका छन्। उनीहरुले धाम परिसरमा निर्माण गरेको सो विश्राम गृहको आज उद्घाटन गरिएको छ। सरीता धनगढी उपमहानगरपालिका -४ रातोपुलकी स्थानीय हुन्। निर्माण व्यवसायी चौधरीले स्थापना गर्न लागेको मन्दिरको शिलान्यास र भण्डारीले निर्माण गरेको विश्राम गृहको उद्घाटन धामका स्वामी लोकानन्दले गरेका हुन्। 

यसैबीच शिवपुरी धामको कार्य समितिले सल्लाहकार चयन गरेको छ। समितिले प्रेस सल्लाहकारमा शिवराज भट्ट र कानूनी सल्लाहकारमा अधिवक्ता प्रयाग राज भट्टलाई चयन गरेको छ। त्यसैगरी सल्लाहकारमा दीपक थापा, मदन राज पाण्डेय, दान कुमार खड्का, हिक्मत कठायत, चेत राज जोशी, मुक्ती प्रसाद सुवेदी, पुष्कल कर्माचार्य, अनन्त राज जोशी, बुद्धि बहादुर खडका र मञ्जु नाथ योगीलाई चयन गरेको छ।

त्यस्तै कार्यसमिति सदस्यमा आशिष चन्द, जगदीश चौधरी र कृष्ण पनेरुलाई चयन गरिएको छ। कार्य समितिका अध्यक्ष बलदेव प्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकबाट सल्लाहकार सदस्य चयनको निर्णय गरिएको समितिका उपाध्यक्ष सिद्धराज पनेरुले बताए। गत चैत्र २८ गते धामको साधारण सभाबाट शिवपुरी धाम कार्य समिति गठन गरिएको थियो। नयाँ समिति गठा गरिएसंगै नयाँ सल्लाहकार समिति पनि चयन गएिको उपाध्यक्ष पनेरुले बताए। 
 

कमेन्ट लोड गर्नुस