सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभा सचिवालय व्यवस्थापनको विद्ययक अगाडी बढेन

२०७५ असोज २२, ०६:४०

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सचिवालय व्यवस्थापन सम्बन्धीको विधेक मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा रोकीएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्री परिषदमा पठाएको ६ महिना पुग्नै लाग्दा समेत विधेयक प्रदेश सभामा पेश भएको छैन्। सैद्धान्तिक सहमती प्रदेश मन्त्री परिषद्ले दिएको प्रदेश सभा सचिवालयले जनाएको छ। तर मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नै यो विधेयक रोकीएको छ। प्रदेश सभामा यो विधेक पेश नहुदा प्रदेश सचिवालयको सचिव नियुक्त गर्न समस्या भएको सुदूरपश्चिम प्रदेश सभा सचिवलयका सचिव बालाराम शर्माले बताए। प्रदेश सभा सचिवालय व्यवस्थापन सम्बन्धी विधेयकमा प्रदेश सभा सचिवालयका कर्मचारीहरुको सेवा सुविधा तथा दैनिक भक्ताका लागि व्यवस्था हुन्छ। प्रदेश सभा सचिवालयका २९ जना, मर्यादापालक ५३ र सशस्त्र प्रहरीको १२ जनाको जनशक्ति प्रदेश सभामा कार्यरत छन्। यस बाहेक सभामुखको कार्यलयमा समेत कर्मचारीहरु रहेका छन्। उनिहरुले समेत सेवा सुविधा पाएका छैनन्।

कमेन्ट लोड गर्नुस