सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीको जंगलमा राजधानी नराख्न कांग्रेसको सुझाव

२०७५ असोज २२, ०६:२०

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी ‘गोदावरी’ तोकिएको निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेको छ। आइतबार सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले जंगल फडानी गर्ने उदेश्यले गोदावरीमा राजधानी तोकिएको आरोप लगाउँदै उक्त निर्णयमा पुनर्विचार गर्न माग गरेको हो। गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ मा राजधानी रहने गरी गरिएको निर्णय वन माफियाहरुको चलखेलबाट प्रभावित भएको काग्रेसले आरोप लगाएको छ। काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा वातावरणीय दृष्टिकोणले वन क्षेत्र नास हुने तथा वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने विशेषज्ञहरुको राय रहेकोले गोदावरी राजधानीका लागि उपयुक्त नरहेको दाबी गरिएको छ। विज्ञप्तीमा राजधानीको निर्ण पुनरविचार गर्न माग गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस