सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा पनि आंशिक निषेधाज्ञा, के गर्न पाउने के नपाउने (सूचिसहित)

२०७८ वैशाख ८, ०६:१५ खबर संवाददाता

धनगढी  :  कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार  अनुसार भिमदत्त नगरपालिकाका  सम्पूर्ण विद्यालय बन्द  गरिएको र अरु स्थानीय तहलाई  संक्रमणको अवस्था ख्याल गरि आवश्यक व्यवस्था गर्ने जनाएको छ । 

यस्तै सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङ फुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी  भण्डारीले बताए । उनका अनुसार सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ । मठ, मन्दीर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरा गरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने भएको छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय सस्था, सहकारी लगायतका संघसस्था विद्युतीय माध्यमबाट सञ्चाल न गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारवाही हुने आदेशमा भनिएको छ । यता कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीमा स्थानीय प्रशासनले समेत आशिंक रुपमा निषेधाज्ञा जारी गरिसकेको छ । 

सुची हेर्नुहोस् :-

 

कमेन्ट लोड गर्नुस