सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा निधन

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख ७, १०:५७

वासिङटन: अमेरिका पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले ९३ वर्षको उमेरमा सोमबार निधन भएको छ।

सो कुराको जानकारी उनका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गरेको अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

उनि अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए। त्यसैगरी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन पनि भएका थिए।-सिन्ह्वा

कमेन्ट लोड गर्नुस