सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानव सेवा आश्रमलाई सहयोग

२०७८ वैशाख ७, ०९:०१ खबर संवाददाता

धनगढी: विभिन्न व्यक्तिले धनगढीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। 

धनगढी उपमहानगरपालिका–२ बैयावेहडी निवासी पवनकुमार सिंहले आफ्ना स्वर्गीय बुवाको सम्झनामा आश्रमलाई सहयोग गरेका छन्। 

उनले स्वर्गीय बुबा गंगा सिंहको छैठौं महिनाको मासिक पुण्यतिथीमा आश्रममा रहेका बेसाहराहरुको बिहानको खानका लागि ६ हजार सहयोग गरेका हुन। 

यस्तै धनगढी–२ निवासी फाया नेपालका अध्यक्ष लोकराज भट्टले आफ्नो छोराको ब्रतवन्ध भएको खुसीयालीमा आश्रमलाई सहयोग गरेका छन्।

छोरा ललितप्रसाद भट्टको ब्रतबन्धको खुसियालीमा उनले बेसाहराहरुलाई खाना खुवाउनुका साथै ब्रतबन्धमा प्राप्त भएको दक्षिणा ५ हजार १ सय सहयोग गरेका हुन। 

कमेन्ट लोड गर्नुस