सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा हाम फालेकी महिलाको उद्धार

२०७८ वैशाख ७, ०८:४५ खबर संवाददाता

कञ्चनपुर:  महाकालीमा हाम फालेकी महिलाको उद्धार गरिएको छ। 

महाकाली पुलबाट आइतबार हाम फालेकी नेपाली महिलाको भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन्।

कञ्चनपुरको दोधारा चाँदनी वडा नम्बर ६ निवासी सरस्वती नाम बताउने ती महिलाले घरेलु समस्याका कारण आत्महत्याको प्रयास गरेको भारतीय प्रहरीले जानकारी दिएको छ।

ती महिलाको अवस्था सामान्य रहेको र उनलाई परिवारका सदस्यको जिम्मा लगाइएको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताए। 

कमेन्ट लोड गर्नुस