सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मला पन्त हत्या प्रकरण : थप दुई प्रहरी निलम्बित

२०७५ असोज २२, ०२:२७

कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा छानबिनमा लापरबाही गरेको भन्दै थप दुई जना प्रहरी निलम्बनमा परेका छन्। उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनको सिफारिसका आधारमा प्रहरी नायव निरिक्षक हरसिंह धामी र जवान चाँदनी साउदलाई निलम्बित गरिएको हो।

धामी घटनामा अनुसन्धानमा खटिएका थिए भने साउद हत्या गरिएकी निर्मलाको कपडा धुने जवान हुन्। गृहमन्त्रालयले यसअघि तत्कालीन जिल्ला प्रहरी प्रमुख एसएसपी डिल्लीराज बिष्टसहित ५ जनालाई निलम्बन गरिसको छ। 
 

कमेन्ट लोड गर्नुस