सुदूर नेपाललाई विश्वसँग जोड्दै

पेस्तोल बोकेर ससुराली गएका एक जना पक्राउ

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ७, ०६:४१ खबर संवाददाता

धरान  :  कटुवा पेस्तोल बोकेर सुसुराली गएका एक जना प्रक्राउ परेका छन् । 

सुनसरीको कोसी गाउँपालिका–४ जुद्धगन्जमा रहेको ससुराली घरमा पेस्तोलसहित गएका  सप्तरी कन्चनरुप नगरपालिकाका–१ का जमाल भन्ने तालिम मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । 

अवैध हतियारसहित ससुराली आएका मन्सुरीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । मन्सुरीको साथबाट एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामत गरिएको जनाइएको छ । 

मन्सुरी अवैध हातहतियारको कारोवारमा संलग्न व्यक्ति भएको बताइएको छ । मन्सुरीले भारतको विहारबाट हतियार खरिद गरी नेपाल भित्राउने गरेको प्रहरी श्रोतले जनाएको छ । 

मन्सुरीविरुद्ध हातहतियार खरखजनाअन्र्तगत मुद्धा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको एसपी थापाले बताए । अन्सारीलाई पक्राउ गरेपछि अन्य हतियार कारोवारीहरुको समेत खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । 

कमेन्ट लोड गर्नुस