सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

। फोटो स्रोत ।
२०७८ वैशाख ७, ०६:२३ खबर संवाददाता

काठमाडौँ  :  पार्किङमा राखेको मोटरसाइकल चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । 

नुवाकोट पञ्चकन्या गाउँपालिका वडा–४ घर भइ हाल तारकेश्वर नगरपालिका–९ बस्ने २० वर्षीय नमराज अधिकारी र २२ वर्षीय रामचन्द्र अधिकारी , नुवाकोट तादी गाउँपालिका–३ घर भइ हाल तारकेश्वर नगरपालिका वडा–९ बस्ने बर्ष १९ को रामचन्द्र थापा पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

तारकेश्वर नगरपालिका १०  वडा कार्यालय शुभकामना चोकस्थित सडक खण्डमा बास्तबिक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाइ रहेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सी.सी. को कालो रातो रङ्गको पल्सर मोटरसाईकल रहेको खुल्न आएको छ । उक्त पक्राउ भएका मोटरसाइकल यहि चैत्र २७ गते तारकेश्वर नगरपालिका ६, पैयुटारबाट हराएको भन्दै नुवाकोट राजु तामाङले हुलिया निवेदन महाशाखामा दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ ।

कमेन्ट लोड गर्नुस