सुदूर नेपाललाई विश्वसँग जोड्दै

झन्डै २ लाख नगदसहित जुवा खालबाट पाँच जना पक्राउ

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ७, ०६:०७ खबर संवाददाता

झन्डै २ लाख नगदसहित जुवा खालबाट पाँच जना पक्राउ परेका छन् । 

दाङको घोराही उपमहानपालिका १५ बालमन्दिर टोलमा रहेको झुपल केसीको घरमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ का खगेन्द्र सापकोटा, झुपल केसी, वडा नम्बर १४ का बालाराम खड्का, मरिजमान खड्का र चन्द्र बुढा रहेको प्रहरीले जनाएको छ । 

उनीहरूको साथबाट एक लाख ८० हजार रुपैयाँ, विभिन्न रकम उल्लेख भएका विभिन्न बैंकका चेक सात थान र तासको तीन बुक बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस