सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतका पूर्व प्रधानमन्त्री सिंह कोरोनाभाइरसबाट सङ्क्रमित

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख ६, ०९:०५ रासस

नयाँ दिल्ली: भारतका पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।  

प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहेका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ।

उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन्।

“पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, त्यसैले उनलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ,” एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।  

उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । 

कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ । 


 

कमेन्ट लोड गर्नुस