सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने

सार्वजनिक यातायातमा मास्क अनिवार्य 

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ६, ०५:५४ खबर संवाददाता

काठमाडौं : सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको छ भने सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ ।

सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएका युत्रलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले यात्रुलाई बढीमा १० रुपैयाँमा मास्क बेच्न सक्ने निर्णय गरिएको बताए ।

लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु हाल्न नपाउने र यात्रुको विवरण जिल्लास्तीय डीसीएमसीमा दिनुपर्ने व्यवस्था गरिएको छ । सवारीलाई निसंक्रमण गर्नुपर्ने नियम पनि बनाइएको छ ।

कमेन्ट लोड गर्नुस