सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका एक शिक्षकलाई कोरोना पुस्टि, ८ व्यापारीमा पनि संक्रमण

२०७८ वैशाख ६, ०३:३२ रासस

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ। 

यहाँस्थित भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक र उनकी श्रीमतीलाई सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको निमित्त प्रधानाध्यापक वीरेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

विद्यालयका अन्य १६ शिक्षकको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको विद्यालयले जनाएको छ।

त्यसैगरी कञ्चनपुरमा आइतबार भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका नौ व्यापारीमा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भारतबाट गड्डाचौकी हुँदै स्वदेश फर्किरहेका एक र ब्रह्मदेवमा नौ गरी दशमा कोरोना सङ्क्रमण देखिएको बताए।

भारतमा पूर्णागिरी मेला शुरु भएसँगै सीमावर्ती नेपाली ब्रह्मदेव बजारमा चहलपहल शुरु भएको थियो। केही दिनअघि पनि ब्रह्मदेवमा छ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस