सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ

२०७८ वैशाख ६, ०१:२७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विषेश सूचनाको आधारमा शुक्लाफाँटा नगरपालिका ७ का २३ वर्षीय अर्जुन ऐर र भीमदत्त नगरपालिका ४ सब्जीमण्डी डेरा गरी बस्ने २६ वर्षीय मदन पाललाई १ ग्राम  ८ सय ७० मिलिग्राम खैरोहिरोईन (ब्राउन सुगर) सहित पक्राउ गरेको हो।

उनीहरू विरूद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

कमेन्ट लोड गर्नुस