सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७८ वैशाख ६, ०८:३० खबर संवाददाता

धनगढी: जन्मदिनको अवसर पारेर विभिन्न व्यक्तिले धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरेका छन्। 

आइतबार डोटीको मुडभरा घर भई हाल अमेरिकाको मेडिसन सिटीमा बस्दै आएकी सबिना ढुंगानाले आफ्ना जन्मदिनको अवसरमा सहयोग गरेकी हुन। 

उनले आश्रमलाई ७ हजार सहयोग गरेकी हुन। 

यस्तै धनगढी उपमहानगरपालिका–८ बुद्घचोक निवासी फोनीराम चौधरीले पनि आश्रमलाई जन्मदिनको अवसरमा सहयोग गरेका छन्। 

उनले आश्रममा रहेका बेसाहराको खानाका लागि ५ हजार २ सय बराबरको फलफूल र ६५ थान कट्टु सहयोग गरेको मानव सेवा आश्रमले जनाएको छ।

कमेन्ट लोड गर्नुस