सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला स्तरीय वेदकोट कप फुटबल प्रतियोगिता कात्तिक ७ देखी हुने

२०७५ असोज २१, ०७:२६

कञ्चनपुरमा आउदो कात्तिक ७ गतेदेखी जिल्ला स्तरीय वेदकोट फुटबल प्रतियोगिता हुने भएको छ। नगरको पर्यापर्यटन प्रवद्र्धन र युवाहरुको खेल विकासका लागि आयोजना गरिएको  जिल्ला स्तरीय वेदकोट कप फुटबल प्रतियोगिता २०७५ आउदो कात्तिक

७ गतेदेखी सुरु गर्नेगरी तयारी अगाडी बढाइएको छ। दिव्यज्योति समाज विकास केन्द्र जडेपानीको आयोजनामा हुने प्रतियोगिता वेदकोट नगरपालिका वडा नम्बर २ को खेल मैदानमा चल्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३३ हजार ३ सय ३३ र द्धितिय हुने टिमलाई २२ हजार २ सय २२ रुपैया पुरस्कार सहित ट्रफी र प्रमाणपत्र दिइने वेदकोट नगरपालिका २ का अध्यक्ष नरेश सिहले जानकारी दिए।      

 

कमेन्ट लोड गर्नुस