सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा करिब ३ लाख मूल्य बराबरको अवैध सामान बरामद

२०७८ वैशाख ६, ०७:०५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा सशस्त्र प्रहरी बलले करिब ३ लाख बराबरको भन्सार छलिका सामान बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहतका बोर्डर आउटपोष्ट बयलबन्दा, दोधाराचाँदनी, कुतियाकभर, थापाचोक र डोकेबजारबाट खटिएको टोलीले  २ लाख ८३ हजार ८ सय ७६ बराबरका ती सामान बरामद गरेको हो।

अवैध रुपमा भन्सार छलेर ल्याइएका विभिन्न किरानाका सामान, बोइलर कुखुरा तथा कपडाहरु बरामद गरी आवश्यक कारवाहीका लागि पशु क्वारेन्टिन कार्यालय र कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको हेडक्वारले जनाएको छ। 

कमेन्ट लोड गर्नुस