सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विद्यालय १० दिन बन्द गर्न प्रशासनको आग्रह

२०७८ वैशाख ५, ०३:५५ खबर संवाददाता

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ। 

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी १० दिनसम्म कैलालीका विद्यालय बन्द गर्न आग्रह गरेको हो। 

संक्रमणको जोखिमलाई हेरेर आगामी १० दिनपछि विद्यार्थीहरुको परीक्षा गर्न सकिने र त्यतिञ्जेल उनीहरुलाई परीक्षाको तयारी गर्ने समय पनि मिल्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस