सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाईकल दुर्घटना हुँदा कञ्चनपुरका १ जनाको मृत्यु, १ घाइते

२०७८ वैशाख ५, १२:१७ खबर संवाददाता

कञ्चनपुर : मोटरसाईकल दुर्घटना हुँदा कञ्चनपुरका एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको बैलौरी नगरपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय राजुसिंह बोहराको मृत्यु भएको हो भने पछाडी सवार सोही ठाउँका ३० वर्षीय शिवदत्त राना घाइते भएका छन् । 

शनिबार कामको सिलसिलामा भारत गएकोबेला मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रहरीका अनुसार घर फर्किने क्रममा सिहंले चलाएको से ४ प ८९२५ नम्बरको मोटरसाईकल शनिबार साँझ ७ बजेको समयमा पिलिभित जिल्लाको सम्पुर्ण नगरमा अनियन्त्रित भइ दुर्घटना भएको थियो । 

घाइते भएका सिंहको लखिमपुरको खिरी अस्पतालममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका रानाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
 

कमेन्ट लोड गर्नुस