सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिके राउत पक्राउ

२०७५ असोज २१, ०६:०७

देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डाक्टर सिके राउतलाई प्रहरीले रौतहटको सदरमुकाम पक्राउ गरेको छ । यसअघि पटकपटक पक्राउ पर्दै आएका राउतलाई राज्य विप्लवको मुद्दा लागे पनि छुट्दै आएका छन। असोज ३ गते संविधान दिवसको विरोधमा तराईंका विभिन्न स्थानमा उनकै नेतृत्वमा कालो दिवस मनाएका थिए। अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले खोजी सूचीमा राखेका राउतले संविधान दिवसको विरोधमा जनकपुरको मुख्य चोकमा सम्बोधन गर्दासमेत प्रहरीले पक्राउ गरेको थिएन।   
 

कमेन्ट लोड गर्नुस