सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

२०७८ वैशाख ५, ०८:३७ खबर संवाददाता

काठमाडौं: यही वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ।

सरकारले बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गर्न लागेको हो।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइन्छ।

कोरोना संक्रमणको जोखिम रहेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी औषधी खान खुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


 

कमेन्ट लोड गर्नुस