सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेशखबरले समाचार सम्प्रेषण गरेपछि मसानघाटमा अलपत्र महिलाको उद्धार

२०७८ वैशाख ४, १०:५६ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी मसानघाटमा अलपत्र अवस्थामा रहेकी ३० वर्षीया महिलाको उद्धार गरिएको छ। 

दिनेशखबरले गोदावरी मसानघाटमा महिला अलपत्र अवस्थामा रहेको समाचार सम्प्रेषण गरेपछि सामाजिक कार्यमा सक्रिय संस्था दृश्टी फाउण्डेशन कैलालीले ती महिलाको उद्धार गरेको हो। 

फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले प्रहरी प्रशासन र युवाहरूको सहयोगमा उनको उद्धार गरेकी हुन्। 
 

कमेन्ट लोड गर्नुस