सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेखराजलाई भीम रावलको काटाक्षः जसको सिङ छैन उसको नाम तिखे !

२०७८ वैशाख ४, ०७:२७ खबर संवाददाता

धनगढीः नेकपा एमालेका निलम्बित उपाध्यक्ष भीम रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टमाथि खनिएका छन्।

माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका भ्टटको नेकपा एमालेमा कुनै योगदान नरहेको भन्दै खनिएका हुन्।

शनिबार धनगढीमा उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिमले आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता रावलले भने, “जसले पार्टीका लागि पसिना बगायो। भोग भोकै डाँडाकाँडा र बस्ती घुम्यो संगठन विस्तार गर्यो, उसलाई पार्टीबाट निष्कासन गर्ने तर जसले एमालेको लागि सिन्को समेत नभाँचेका व्यक्तिलाई प्रदेश इन्चार्ज बनाइएको छ। यसैलाई भन्छन्, जसको सिङ छैन, उसको नाम तिखे।”

त्यस्तै नेता रावलले प्रधानमन्त्री तथा पार्टी केपी शर्मा ओलीलाई पार्टीको विधान मिचेको र विदेशीको अगाडि झुकेको आरोप लगाएका छन्। देशमा राजनीतिक अस्थिरता, अराजकता र पार्टीमा फुट ल्याउने ओली नै रहेको नेता रावलको भनाइ छ।

कमेन्ट लोड गर्नुस