सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनिबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना

२०७८ वैशाख ४, ०७:२३ खबर संवाददाता

धनगढी: कञ्चनपुरको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना संक्रमण देखिएको छ।

गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार सो नाका भएर शनिबार १ हजार २ सय जना भित्रिएका छन्।

तीमध्ये ५ सय ११ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६७ जनामा संक्रमण पुस्टि भएको उनले बताए।

हालसम्म उक्त नाकाबाट भित्रिएकामध्ये ९ हजार ५ सय २ जनाको कोरोना परीक्षण गरिएको छ भने ६८४ जनामा संक्रमण पुस्टि भएको छ।

कमेन्ट लोड गर्नुस