सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ३१ जनामा कोरोना पुस्टि

२०७८ वैशाख ४, ०७:१५ खबर संवाददाता

धनगढी: शनिबार सुदूरपश्चिमका थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिएका छन्। प्रदेशका अन्य प्रयोगशालामा भने आज कोरोना परीक्षण गरिएको छैन। 

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८९ जनाको नमूना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुस्टि भएको प्रवक्ता कार्कीले बताएका छन्।

कमेन्ट लोड गर्नुस