सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक जना मृत फेला

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ४, ०६:४२ खबर संवाददाता

धनगढी: धनगढीमा एक जना मृत फेला परेका छन्।

धनगढी उपमहानगरपालीका वडा नम्बर १७ दमौलीयास्थित जंगलमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

चौधरी मुल जस्तो देखिने अन्दाजी ३५ वर्षीय पुरुष भेलरोको रुखमा प्लास्टिको डोरिले झुण्डिको अवस्थामा फेला परेको जिला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

उनका अनुसार ती व्यक्तिको पहिचान भने खुलेको छैन।

शनिबार बिहान १० बजेको समयमा सो शव फेला परेको उनले बताए।

पुरुषको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस