सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख ४, ०५:४० रासस

काठमाडौँ: नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र २६ गते राजधानीमा हुने भएको छ।

महासङ्घको आज यहाँ भएको केन्द्रीय कार्यसमितिको ११औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनाका साथै २२औँ महिला उद्यमी सम्मेलन पनि सोही अवसरमा आयोजना गर्ने निर्णय गरेको महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले बताए।

बैठकले नेपाल नवीकरणीय ऊर्जा परिसङ्घसँग एकीकरण गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ।

परिसङ्घ नेपालमा नवीकरण ऊर्जा प्रविधि विकासमा क्रियाशील निजी क्षेत्रका कम्पनीहरूको छाता सङ्गठन हो।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय अनुशासन समिति गठन गरिएको जनाएको छ।

समितिको उपसंयोजकमा अर्का पूर्वअध्यक्ष कुशकुमार जोशीलाई मनोनयन गरिएको महासङ्घले आज एक विज्ञप्तिमार्फत बताएको छ।

कमेन्ट लोड गर्नुस