सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सुदूरपश्चिम आर्थिक मञ्च गठन

२०७८ वैशाख ४, ०४:३१ खबर संवाददाता

धनगढी : धनगढीमा सुदूरपश्चिमआर्थिक मञ्च गठन गरिएको छ । शनिबार डा. राजेन्द्र वीर चन्दको अध्यक्षतामा सो समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा दिपक राज जोशी चयन भएका छन् । 

यस्तै सचिवमा खेमराज पन्त, सह सचिवमा गोबिन्द उपाध्याय, कोषाध्यक्षमा एमबहादुर शाह  चयन भएका छन् । 

यस्तै सदस्यहरुमा दमन चलाउने, गगन राज घिमिरे, दामोदर चौधरी, जनक राज जोशी, त्रिचन्द्र भण्डारी र चन्द्रा आचार्य चयन भएका छन्, भने शिबहरी मुडभरी, धर्मदेब भट्ट, गिरीराज कडायत सल्लाहकारमा चयन गरिएको छ ।

अर्थशास्त्र विषयमा अध्ययन गरेर विभिन्न पेसा व्यवसायमा आबद्ध रहेका अर्थशास्त्रीहरुबीच देशको आर्थिक सरोकारका बिषयमा छलफल, अन्तरक्रिया, अनुसन्धान लगायतका कार्यमा क्रियासिल रहने उद्देश्यले बरिष्ठ अर्थशास्त्री शिबहरी मुडभरीको अध्यक्षतामा  ऐश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा समिति गठन गरिएको अध्यक्ष डा. राजेन्द्र वीर चन्दले बताए । 
 

कमेन्ट लोड गर्नुस