सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख ३, ०६:०० रासस

सोल: दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।

उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्।

उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए। सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ।

शुक्रबार उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो।

उनले नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। समाचारमा जनाइएअनुसार उनलाइ केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ। 

यदि उनी संसदीय सुनुवाईबाट अनुमोदन भएको भए वर्तमान मुन सरकारको उनी तेस्रो प्रधानमन्त्री हुनुहुने पनि बताइएको छ। 

वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो। नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उनले अरु पनि पाँच जना मन्त्रीलाई बर्खास्त गरेर अरु नयाँ पाँच जना मन्त्री राखेको बताइएको छ । 

यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा पनि व्यापक मात्रामा फेरबदल गरेर नयाँ सदस्यहरु राखेको बताइएको छ । -सिन्ह्वा


 

कमेन्ट लोड गर्नुस