सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीका ४ सांसद्को पद रिक्त, उपनिर्वाचन हुने

२०७८ वैशाख ३, ०१:१७ खबर संवाददाता

काठमाडौं: माओवादी केन्द्रले पार्टीबाट निर्वाचित ४ प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको औपचारिक पत्र निर्वाचन आयोगलाई पठाएको छ। पत्र गत चैत २७ गते शुक्रबार नै निर्वाचन आयोगमा प्राप्त भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। 

एमालेमा लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई माओवादीले कारबाही गरेको थियो। उनीहरुलाई माओवादीले सांसद्बाट हटाइसकेको छ। 

गौरीशंकर चौधरी कैलाली–३ बाट, लेखराज भट्ट कैलाली–४ बाट, टोपबहादुर रायमाझी अर्घाखाँचीबाट र प्रभु शाह रौतहट ३ बाट निर्वाचित भएका छन्। अब ती ठाउँमा उपनिर्वाचन हुने बताइएको छ। 

प्रतिनिधि सभाको कार्यकाल ६ महिना बढी बाँकी रहँदै पद रिक्त भए पुन उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 
 

कमेन्ट लोड गर्नुस