सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सांसद रावलको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ वैशाख २, ०४:२२ खबर संवाददाता

धनगढीः कैलाली निर्वाचन क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य झपट रावल बस्ने घरमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा रामेछाप घर भई गठ्ठाघर बस्दै आएका २२ वर्षका मनोज तामाङ रहेका छन्। उनीसँगै आएका अर्का युवक नसिन लिम्बु फरार रहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।

तामाङका अनुसार उनीहरुले रावल बसेको घर अगाडि मोटरसाइकल पार्किङ गर्ने गरेका थिए। तर घरबेटीले पार्क नगर्न भनेको र बुधबार राति हावा खुस्काइदिएपछि ढुंगा हानेको तामाङले बताएको एसएसपी खापुङले जानकारी बताए। 
काठमाडौं शान्तिनगरस्थित प्रतिनिधी सभा सदस्य रावल बस्दै आएको घरमा बुधबार राति १२ बजेको समयमा ५–१० मिनेटको अन्तरालमा पटक–पटक ढुंगा प्रहार भएको थियो।

बिहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा नउठेको गुनासो गरेका थिए। 

सम्बन्धित समाचार :
कैलालीबाट निर्वाचित एमाले सांसद रावल बस्ने घरमा कसले गर्‍याे ढुंगामुडा ?

 


 

कमेन्ट लोड गर्नुस