सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

२०७८ वैशाख २, ०२:३९ खबर संवाददाता

पोखरा:  गण्डकी प्रदेशमा सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले प्रस्ताव फिर्ता लिएको बारेमा सभामुखलाई जानकारी गराएका छन्।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नयाँ गठबन्धनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले बिहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ। अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ।

कमेन्ट लोड गर्नुस