सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट निर्वाचित एमाले सांसद रावल बस्ने घरमा कसले गर्‍याे ढुंगामुडा ?

२०७८ वैशाख २, ०२:२४ खबर संवाददाता

धनगढीः कैलाली निर्वाचन क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य झपट रावल बस्ने घरमा तोडफोड भएको छ।

काठमाडौं शान्तिनगरस्थित प्रतिनिधी सभा सदस्य रावल बस्दै आएको घरमा बुधबार राति १२ बजेको समयमा ५–१० मिनेटको अन्तरालमा पटक–पटक ढुंगा प्रहार भएको छ।

घटनापछि राति नै प्रहरीलाई फोन गरे पनि नउठाएको प्रतिनिधि सभा सदस्य राललले बताएका छन्। उनले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई घटनाबारे जानकारी गराएका हुन्।

६ वर्षदेखि सोही घरमा बस्दै आएका रावलले शान्ति सुरक्षाको माग गर्दै निष्पक्ष छानविनको लागि सरकारसँगु माग समेत गरेको दिनेशखबरलाई बताए। 

कोटेश्वर प्रहरी कार्यालयमा फोन गर्दा पनि नउठेको र अन्तिममा हनुमानढोका प्रहरीलाई फोन गर्दा मात्रै उठेको उनले बताएका छन्। घटनाको ४५ मिनेटपछि मात्रै प्रहरी घटनास्थलमा प्रहरी पुगेको रावलले जनाए। 

कसले ढुंगामुडा गर्यो भन्ने बारे अझै खुल्न सकेको छैन। प्रतिनिधी सदस्य रावल नेकपा एमाले माधव समूहका नेता हुन्। सरकार र सरकारी संयन्त्र नागरिकको सुरक्षाप्रति गम्भीर नभएको उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस