सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रहरीद्वारा भारी मात्रामा सामान बरामद

२०७७ चैत्र ३१, ०८:१९ खबर संवाददाता


धनगढीः कञ्चनपुर जिल्लामा प्रहरीले भारी मात्रा अवैध सामान बरामद गरेको छ। जिल्लाको विभिन्न स्थानमा मंगलबार गस्तीमा रहेको सशस्त्र र नेपाल प्रहरीले भारी मात्रामा अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं।३५ गण शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट कुतियाकभर, गड्डाचौकी, बयलबन्दा र आपतालबाट खटिएको प्रहरीले १ लाख ७५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं।३५ गण शैलेश्वरी कञ्चनपुरका प्रहरी उपरीक्षक विरेन्द्र बहादुर ऐरका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याइएको वेवारिसे अवस्थामा रहेका २५ कार्टुन प्रतिबन्धित पेय पदार्थ डिउ, बिँडी, मोटरसाइकलको। पार्टस, काठ, ईलेक्ट्रोनिक र हार्डवेयरका सामानहरु बरामद गरिएको हो।

प्रतिबन्धित पेय पदार्थ ९डिउ० स्थानीयको रोहबरमा नष्ट गरिएको र अन्य सामानहरु भन्सार कार्यालय गड्डाचौकी बुझाइएको प्रहरीले जनाएको छ। त्यस्तै, जिल्लाको पुनर्वास नगरपालिका १ ठक्का गाउँमा भन्सार छली ल्याएको से २ प ९५१० नम्बरको वाईबीआर यामाहा मोटरसाइकल प्रयोग गरि भारतबाट ल्याएको बिडी, सलाई, लेडिज सुट गरि ६६ हजार ७२० रुपौयाँ बराबरको सामान बरामद गरेको हो।

सो सामान आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए। त्यस्तै, प्रहरीले भीमदत्त नगरपालिका नगरपालिका १३ झोलुङगेमा पनि ११ हजार ३५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
 

कमेन्ट लोड गर्नुस