सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी एक युवतीको शंकास्पद मृत्यु !

फाइल फोटो
फाइल फोटो
२०७७ चैत्र ३१, ०२:११ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिक–९ राजघाटकि १९ वर्षीया मञ्जरी बोहरा सोमबार राति झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

त्यसपछि उनलाई उपचारको लागि धनगढी ल्याइएको र उपचारको क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

माइती पक्षले भने घटना शङ्कास्पद रहेको भन्दै सत्य तथ्य छानबिनको माग गरेका छन्। उनीहरुले घटनाबारे आफुलाई जानकारी नदिएको भन्दै जाहेरीको तयारी थालेका छन्। 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस