सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जको अर्जुनी फाँटा डढेलोले खरानी, नजिकै रहेको सेना बेखबर (फोटो फिचरसहित)

२०७७ चैत्र ३०, ०७:२२ खबर संवाददाता

धनगढीः कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा व्यापक आगलागी भएको छ।

निकुञ्जको अर्जुनीफाँटामा व्यापक रुपमा डढेलो लाग्दा घाँसे मैदान जलेर नष्ट भएको कञ्चनपुरका स्थानीय सञ्चारकर्मी अर्जुनसिंह ठकुरीले बताए। आइतबार रातिदेखि नै डढेलो लागेको हुन सक्ने बताउँदै उनले नियन्त्रणतर्फ भने कुनै निकायको ध्यान जान नसकेको हो।

डढेलो लागेको स्थान नजिकै नेपाली सेनाको व्यारेक पनि रहेको छ। तर नेपाली सेना पनि सो डढेलोबारे बेखबर रहेको पाइएको छ। सो फाँटादेखि डेढ किलोमिटरको दूरीमा निकुञ्जको सौन्दर्यको रुपमा रहेको कृष्णसार रहेको क्षेत्र पर्दछ। समयमा डढेलो नियन्त्रण नगरिए सो क्षेत्रमा पनि डढेलो फैलिन सक्ने भन्दै स्थानीयको चिन्ता व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले डढेलोबारे जानकारी नभएको बताए। तर केही दिन अगाडि आरक्ष क्षेत्रको केही क्षेत्रमा भएको डढेलो नियन्त्रणको प्रयास भएको उनको भनाइ छ।

 

कमेन्ट लोड गर्नुस