सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनज्योतीको बिसीए तेस्रो ब्याचका विद्यार्थीलाई अभिमुखिकरण

२०७७ चैत्र २९, ०८:३५ खबर संवाददाता

हेन्द्रनगरः कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याक्पसको बिसीए तेस्रो ब्याचका विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। 

आईतबार क्याम्पसले तेस्रो ब्याचका नव प्रवेशी विद्यार्थीलाई अभिमुखिकरण गरिएको सहायक क्याम्पस प्रमुख उमेश भण्डारीले बताए। उनको अनुसार विद्यार्थीलाई बिसिए पाठ्क्रम तथा विषयवस्तु र क्याम्पसको बारेमा जानकारी दिन अभिमुखिकरण कार्यक्रम गरिएको हो।

कार्यक्रममा बिसीए कार्यक्रम संयोजक बाबुराम रावतले क्याम्पसको पठनपाठन र व्यवस्थापनबारे जानकारी गराएको थिए। भने उप–प्राध्यापक राजेश भण्डारीले मोटिभेसनल व्यवक्त राखेका थिए। साथै अभिमुखिकरण कार्यक्रममा त्रिवि डीन कार्यालयका बिसिए विज्ञ भोजराज जोशी प्रमुख वक्ताका रुपमा रहेका थिए। उनले बिसिएको स्कोप र वर्तमान अवस्थाका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए।

त्यस्तै कार्यक्रमका सभापती समेत रहेका क्याम्पस प्रमुख प्रकाशदत्त जोशीले पछिल्लो समयमा सुचना, प्रविधिको प्रयोग बढ्दै गईरहेकाले विद्यार्थीको आर्कषण बढेको बताए। साथै उनले विद्यार्थीलाई चौतर्फी व्यतित्व विकासमा लाग्न समेत जोड दिए। क्याम्पसले लामो समयदेखि उच्च गुणस्तरीय शिक्षामा जोड दिदैँ आएको छ।

कार्यक्रमको प्रमुख अतिथी क्याम्पसका प्रबन्धक सञ्चालक खेमलाल घिमीरे रहेका थिए भने कार्यक्रममा पुर्व क्याम्पस प्रमुख धर्मेन्द्र गिरी, उप–प्राध्यापक यज्ञराज उपाध्याय, पुनित ऐर, सुरेन्द्र राज जोशी, अर्जुन नाथ लगायत विद्यार्थी र संकाय सदस्यकोउपस्थिती रहेको थियो।
 

कमेन्ट लोड गर्नुस