सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै एक लाख बराबरको पशुचौपाया र बीउबीजन बरामद

२०७७ चैत्र २९, ०५:३२ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा झण्डै एक लाख मूल्य बराबरको पशुचौपाया र बीउबीजन बरामद गरिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट कंकड र गड्डाचौकीबाट खटिएको टोलिले सो मूल्यको पशुचौपाया र बीउबीजन बरामद गरेको हो। 

भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याएर बेवारिसे अवस्थामा सो सामानहरु पाइएको सशस्त्र प्रहरीले जनाएको छ। 

उक्त पशुचौपाया र बीउबीजन बरामद गरी भन्सार कार्यालय गड्डाचौकी र  पशुचौपाया भन्सार कार्यालय त्रिनगरलाई बुझाईएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस