सुदूर नेपाललाई विश्वसँग जोड्दै

राति ९ बजेपछि रात्रीकालीन व्यवसाय बन्द गर्न निर्देशन

२०७७ चैत्र २६, ०८:२२ खबर संवाददाता

काठमाडौं: राति ९ बजेपछि रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू कडाइका साथ बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो।

त्यस्तै ठूला सहरमा ५ सय भन्दा बढी र साना सहरमा १ सय भन्दा बढी सकृय संक्रमित देखिए ती स्थानमा आवगमनमा कडाइ गर्न समेत निर्देशन दिइएको बताइएको छ।


 

कमेन्ट लोड गर्नुस